हेटौंडा – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भई हाल भरतपुर महानगरपालिका– ४ नबदुर्गा चोकमा डेरा गरी बस्ने २३ बर्षीय रामु यादब रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा यादब घाइते भएका थिए । उनको तत्काल उद्धार गरी भतरपुर अस्पताल लगिएको डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।