सिन्धुली – मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो ३ बजे आसपासमा बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।