कालिकोट – जिल्ला सदरमुकाम मान्ममा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ । फागु मनाइरहेका युवाले जिल्ला ट्राफिक कार्यालयको ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरका हुन् ।
आक्रमणमा प्रहरी जवान विष्णु शर्माको हात काटिएको छ । अर्का प्रहरी वरिष्ठ हबलदार दीपक बोहोरालाई पनि चोट लागेको छ । मदिरा सेवन गरी आएको समूहले कार्यालयमै आएर आक्रमण गरको र केही प्रहरी घाइते समेत भएका छन् ।
कार्यालयमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशी, प्रहरी जवान रवीन्द्र बुढालाई पनि कार्यालयमै प्रवेश गरी आक्रमण गरिएको प्रहरीको दाबी छ । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।