प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

चुनावलगत्तै ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मुल्य

२०७९ बैशाख ३१, शनिबार २०:१९ बजे

हेटौंडा – हाल देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । यसैविच नेपाल सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो nco