प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

काठमाडौँबाट आउँदै गरेको सुमोमा आगलागी

२०७९ फाल्गुन २७, शनिबार ०४:३९ बजे

ओखलढुङ्गा – गुडिरहेको सुमो गाडीमा अचानक आगलागी भएको छ । काठमाडौँदेखि सोलुखुम्बुतर्फ आउँदै गरेको ना. १ ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो ।

सिद्धिचरण राजमार्गअन्तर्गत मानेभन्ज्याङ गाउँपालिका–७, हिलेपानी नजिक गुडिरहेको सुमोमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

घटनामा मानवीय क्षती नभएको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो । सुमोमा नौ जना यात्रु सवार हुनुहुन्थ्यो । उकालोमा गाडी अत्यधिक तातेका कारण वायरिङ सर्ट भएर सुमोमा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।