प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोवाइल नछिर्ने गेटबाट इन्द्र बानियाँको गाडी कसरी छिर्‍यो ?

२०७९ मंसिर ५, सोमबार १६:३३ बजे

हेटौंडा – मकवानपुरको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको मतगणना हेटौंडा उपमहानगरपालिका वडा नं.२ सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ । सोमबार दिउँसा साँढे १२ बजेदेखि मतगणना सुरु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा परिएको थियो ।

सुरक्षा व्यवस्था कुरा गर्ने हो, भने यति कडा पारिएको थियो कि मतगणना स्थालमा केहि घण्टा पत्रकार समेत प्रवेश रोक लगाएको थियो । त्यस्तै मोवाइल प्रवेशमा उम्मेदवार प्रतिनिधिलाई मात्रै होइन् उम्मेदवारलाई समेत रोक लगाईएको थियो ।

तर, रातपरेपछि मतगणना स्थालमा पुगेका मकवानपुर क्षेत्र नं.२ को (ख)का गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बहादुर बानियाँको करोड मुल्यको गाडी मोवाइल नछिर्ने स्थानबाट छिरेको छ ।

सोमवार राति करिब ९ बजे बिना चोकजाँच बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड कु्रजर गाडी मतगणना स्थलमा प्रवेश गरेको हो । मोबाइल लैजान नदिने प्रशासनले उम्मेदवारको गाडी नै भित्र लैजान दिएको भन्दै मतगणना स्थलको गेटमा चर्को नाराबाजी गरेका छन् ।

मत परिणाम सुन्न गेटबाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरूद्व नाराबाजी गरिरहेका हुन् । नेतालाई पहुँचको आधारमा दिइने सुविधा र अन्यलाई दिइने सुविधामा विभेद भएको भन्दै उनीहरूले मत गणना नै रोक्नु पर्ने माग गरेका छन् ।

यसअघि प्रहरीले मतपेटिका ढुवानी गर्ने क्रममा बानियाँकै सवारी प्रयोग गरेको थियो । त्यसबेलमा पनि विवाद भएको थियो ।