प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका घलान पक्राउ

२०८० फाल्गुन १७, बिहीबार ०८:५० बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.२ भैसे चेकपोष्टबाट मंगलबार लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं.१ बस्ने वर्ष ५२ को चन्द्र बहादुर घलान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसे मकवानपुरबाट संयुक्त चेकिङमा खटिएको प्रहरी टोलीले भिमफेदीबाट हेटौंडातर्फ आउदै गरेको ना. ४ ख ६०९१ नम्बरको यात्रुवाहक बसमा सवार घलानलाई ५ किलो १०० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

घलानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।