प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

२०७९ जेठ २६, बिहीबार १६:५० बजे

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पुगेको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने बढेको छैन।

यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो।

oil