प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

२०७९ फाल्गुन १७, बुधबार १५:४८ बजे

हेटौंडा – भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) बाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि  नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ ।

आईओसीले बुधबार पठाएको इन्धनको नयाँ सूची अनुसार पेट्रोलमा एक रुपैयाँ २१ पैसा, डिजेलमा पाँच रुपैयाँ, मट्टितेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ घटेर आएको छ।

त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ। पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा केही नाफा भए पनि एलपी ग्यासमा ६३५ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ।