प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल पहिलो पटक विश्वकप विजेतासँग खेल्दै

२०८० असार ७, बिहीबार ०२:४९ बजे

काठमाडौँ – नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै यसमा गौरव गर्नुपर्ने क्रिकेट समीक्षकहरूले टिप्पणी गर्ने गरेका छन् ।

यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।