प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तीन सवारी ठोक्किँदा छ घाइते, दुईको अवस्था गम्भीर

२०७९ कार्तिक १६, बुधबार ०६:०८ बजे

हेटौंडा – बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।

ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ ।

बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका ६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।