प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दुई सवारी दुर्घटनामा दुई चालकको मृत्यु

२०७८ चैत्र १५, मंगलबार ०६:१० बजे


हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका–१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोर कुमार माझी रहेका छन् । उनको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी झापाको बुद्ध शान्ति गाऊँपालिका–१ मा दक्षिणबाट उत्तर तरफ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २५ बर्षीय अन्जन फागो रहेका छन् । उनको उपचारको क्रममा झापाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।