हेटौंडा – धादिङ्गमा राँगाको आक्रमणबाट एक जना घाइते भएका छन् । धुनिवेशी नगरपालिका वडा नं.९ जुगेडीमा राँगाको आक्रमणबाट ७३ बर्षीय नानी राई घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मंगलबार स्थानीय रामेश्वर राईको राँगा फुकेर नानी राईलाई आक्रमण गरेको हो । घाइते उनको उपचारका लागि काठमाण्डौतर्फ लगिएको प्रहरीले जनाएको छ ।