प्रहर खबर
 २०८१ जेठ २, बुधबार    

अध्यक्ष केपी ओलीमाथि भीम रावलको १६ पृष्ठको आरोप(पूर्ण पाठसहित)

२०७९ आश्विन २७, बिहीबार ०८:४३ बजे

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपि शर्मा ओलीलाई १६ पृष्ठको आरोप लगाएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर उक्त आरोप लगाएका हुन् ।

उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए । उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए ।

उनले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्। उनले पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका हुन्।

उनले प्रश्न गर्दै भने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ। त्यो पार्टी सिद्धान्त विपरीत भएन ?’

लोसपाका नेताहरूलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुकर्म गरेकाहरूलाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ रु भन्दै प्रश्न गरे। उनले निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे।