प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ असार २१, मंगलबार ०६:१९ बजे

हेटौंडा – काठमाडौंको बालाजुमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति भने घाईते भएका छन् ।

मृत्यु हुनेमा काठमाण्डौको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाईते परियारको पिपुल्स अस्पताल नयाँबजार उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो । घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई मंगलबार बिहान ५ बजे सडक छेउको बिजुलिको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।