प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

२०७९ माघ ५, बिहीबार १०:१० बजे

काठमाडौं – प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

झापाको अर्जुनधारा नगरपालिका –६ घर भएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधि सभाको आजको निर्वाचनमा उनले १६७ मत प्राप्त गरे । निर्वाचनमा २६८ सांसदहरु उपस्थित थिए ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेले १ सय मत प्राप्त गरिन् । मत दिन्न भन्ने सांसदको संख्या एक रहेको छ ।