प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जितपुरबाट दुई जना पक्राउ

२०७९ भाद्र ६, सोमबार ०५:५४ बजे

हेटौंडा – लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा जितपुरसिमरा उपमहानगरपालिका–७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजा सहित चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।