काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमक्तु भएसँगै शितलनिवास पुगेका छन् ।
संसदमा विश्वासको मत गुमाएसँगै प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका संघीय संसद् भवनबाट सिधै शितलनिवास पुगेका हुन् ।
अब संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयलाई जानकारी गराउनासाथ राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने
सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज लिएको विश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । सो व्यहोराको पत्र संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ । अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ ।
संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन् ।
साथै कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नासाथ आजै नयाँ सरकारको दाबि पेश गर्ने बताएका छन् ।