प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० मंसिर २८, बिहीबार १८:०८ बजे

काठमाडौं – जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मल्लरानी गाउँपालिका– ३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ऐरावती गाउँपालिका–२, बरौलामा बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। प्रहरीका अनुसार नाच्दै गाउँदै हिंडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो।

एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।