हेटौंडा – हेटौंडामा यही चैत २० गते आइतबारदेखि सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । बिहीबार नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्नुहुँदै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव पौडेलले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता वर्षेनी गर्दै आएको थियो ।