हेटौंडा – मकवानपुरको हेटौंडा क्याम्पसमा अनेरास्ववियु–अनेरास्ववियू–विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनको प्यानलै विजयी भएको छ । हेटौंडा क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका अभि मैनालीको प्यानलै विजयी भएको हो।
खसेको कुल ४७७ मतमा मैनालीले २९० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्दी नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंका साँझा उम्मेदवार नेविसंघका राजिब फुयालले १८५ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियु प्यानलबाटै अन्जान खड्का २७२ मत सहित विजयी भएका छन् । उनका निकट्तम् प्रतिद्वन्दी नेविसंघका युवराज विकले १९४ मत प्राप्त गरे । त्यस्तै कोषध्यक्षमा अनेरास्ववियुकै अविना थापा २७० मत सहित विजयी भइन् । उनकी निकट्तम् प्रतिद्वन्दीले ज्योती पुडासैनीले १९६ मत प्राप्त गरिन् ।
त्यसैगरी सदस्यमा अनेरास्ववियुका तिलक बहादुर पाख्रीन, गणेश तिमल्सिना, नविन कुमार चौधरी, भरतमोहन देबकोटा र रन्जिता फुँयाल विजयी भएका छन् ।