काठमाडौं – अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सल्यान सिद्धकुमाख गाउँपालिका–१ हाम्फालमा अरिंगालको टोकाइबाट स्थानीय २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अरिंगालको टोकाइबाट स्थानीय नवीन बस्नेत घाइते भएका छन् । उनको श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बेलुका धान काटेर घर फर्कने क्रममा अरिंगालले टोक्दा तीन जना घाइते भएका थिए । तीनै जनालाई उपचारको लागि श्रीनगरस्थित एक अस्पतालमा लगिएको थियो ।
गम्भीर घाइते भएका आमा–छोरीलाई थप उपचारको लागि बाँकेको लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।