प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०८० कार्तिक २, बिहीबार ०६:५४ बजे

हेटौंडा – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२०८० कार्तिक ०२ गते (बिहीबार)
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

आज राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८० कार्तिक ०३ गते (शुक्रबार)
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

२०८० कार्तिक ०४ गते (शनिबार)
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।