प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

आगो लगाएर हत्या अभियोगमा एक जना पक्राउ

२०७९ जेठ १७, मंगलबार ०९:२१ बजे

हेटौंडा – आफ्नै भाउजुलाई पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्‍वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको हुन् ।

वि.स.२०७८ माघ २१ गते बिहान भाउजुलाईपेट्रोल छर्किएर आगो लगाएर हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।