प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वन्यजन्तु अखेटोपहार खरिद बिक्रीमा संलग्न ढुङ्गानासहित ३ जना पक्राउ

२०८० कार्तिक १४, मंगलबार १९:१८ बजे

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानासमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई उक्त अखेटोपहारसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।