काठमाडौं – जुम्लामा जीप दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको पहिचान भने हुन सकिरहेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।