प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

डलर साटिदिन्छु भन्दै ठगी गर्ने तामाङ पक्राउ

२०८० आश्विन ५, शुक्रबार १३:१७ बजे

काठमाडौं – डलर साटिदिन्छु भन्दै ठगी गरेको अभियोगमा काभ्रेबाट एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–२ का ४० वर्षीय सोकबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 तामाङले डलर सटही गरिदिन्छु भन्दै ठगी गर्न लागेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बनेपा नगरपालिका–६ मा पर्ने जंगलबाट नियन्त्रणमा लिएको हो ।

उनको साथबाट अमेरीकी डलर ५० दरको थान १३ गरी जम्मा ६५० डलर, नेपाली २० रुपैयाँको ६०० थान गरी जम्मा १२ हजार र मोबाइल ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।