प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एनपीएल: दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै

२०८१ पौष ४, बिहीबार ०७:५४ बजे

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुने यस खेलमा विजयी टोलीले फाइनलमा स्थान बनाउनेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएको जनकपुरले फाइनलमा पुग्न दोस्रो मौका पाएको हो। उता, कर्णाली बुधबारको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै क्वालिफायरमा पुगेको छ।

फाइनल खेल शनिबार हुनेछ, जसमा सुदूरपश्चिम रोयल्सले आजको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

विजेतालाई १ करोड १० लाख रुपैयाँ, उपविजेतालाई ५१ लाख रुपैयाँ, तेस्रो स्थानलाई २५ लाख रुपैयाँ र चौथो स्थानलाई १५ लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।

एलिमिनेटरमा पराजित चितवनले चौथो स्थानमा रहँदै १५ लाख रुपैयाँ जितेको छ।