प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले हङकङलाई ६ विकेटले हरायो

२०८० कार्तिक २, बिहीबार १६:४३ बजे

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा ग¥यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । गुल्सन झा १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाएका थिए ।

हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे । सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो । नेपालका लागि तिव्र गतिका बलर करन केसीले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिए ।