हेटौंडा – दाउराको चिरपटले टाउकोमा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईले आफ्नै श्रीमती ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीसँग सामान्य बाद विबादमा दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको थियो । हत्या अभियोगमा राम बहादुर राईलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।