हेटौंडा – म्याजिकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ गरैचोकमा म्याजिकको ठक्करबाट स्थानीय ६ वर्षीय हर्षित थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार म्याजिकको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । भे १ ज १२ ६८ नम्बरको म्याजिकले पैदल हिडिरहेका बालकलाई आज बिहान साढे ११ बजे ठक्कर दिएको थियो ।
म्याजिक सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।