काठमाडौं – बझाङमा एक जना गर्भवतीको ज्यान गएको छ । सुत्केरी व्यथा लागेपछि समयमै अस्पताल नजाँदा केदारस्युँ गाउँपालिका–६ की ४९ वर्षकी गोबडी धामीको ज्यान गएको हो ।
धामीको सुत्केरी हुने क्रममा आएकोमा ज्यान गएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर इन्द्र शाहले जानकारी दिए ।बेहोस अवस्थामा अस्पताल ल्याउँदा धामीको अवस्था निकै जटिल भइसकेकोले बचाउन नसकिएको उनले बताए ।
अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको पनि मृत्य भइसकेको थियो । सुत्केरी व्यथा लागेपछि तीन दिनसम्म घरमा बसेकोले अवस्था जटिल भएको पाइएको केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिसा धामीले बताइन् । आफूहरूलाई कतैबाट जानकारी नआएको र अन्तिम अवस्थामा जानकारी आएपछि बचाउने प्रयास सफल नभएको उनले बताइन्।