प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो

२०८२ जेठ ३०, बिहीबार १८:०९ बजे

काठमाडौँ : ज्यान मुद्दामा कारागार चलान भएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो छ्यापिएको छ । 

 नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै पुगेर आज न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन् । मोसो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

थारुसहितको इजलासले केही दिनअघि आलमलाई ज्यान मुद्दामा सफाइ दिएका थिए ।  जनविरोधी फैसला गरेको बताउँदै उनीहरुले मोसो दलेको बताएका छन् ।