प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकलको ठक्करबाट कोइरालाको मृत्यु

२०७९ कार्तिक २३, बुधबार १२:१५ बजे

हेटौंडा – चितवन कालिका नगरपालिका–३, गणेश चोक नजिकै मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री कालिका नगरपालिका–३, बस्ने अन्दाजी ६९ वर्षीय कृष्ण प्रसाद कोइराला रहेका छन् ।

प्रहरीका अनुसार वनकट्टा चोकबाट राइसमिल चोकतर्फ जाँदै गरेको ना २३ प ३०९३ नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा कोइराला घाइते भएका थिए ।

मोटरसाइलकको ठक्करबाट कोइरालाको खुट्टा, हात र अनुहारमा चोट लागेको थियो । उनको पुरानो मेडीकल कलेजमा उपचारको क्रममा मत्यु भएको भएको प्रहरीले जनाएको छ ।