प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

मकवानपुरमा ज्वाईँ–ससुरा वडाअध्यक्षमा विजयी

२०७९ जेठ ३, मंगलबार १५:१२ बजे

हेटौंडा – जारी स्थानीय तहको निर्वाचनमा मकवानपुरको एकै पालिकाबाट ज्वाईँ-ससुरा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।मकवानपुरगढी गाउँपालिका वडा नं.५ को वडा अध्यक्षमा ज्वाईँ दिपेश दाहाल र वडा नं.४ को वडा अध्यक्षमा ससुरा अर्जुन प्रसाद तिमल्सिना निर्वाचित भएका हुन् । 

दाहालले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर विजयी हासिल गरेका हुन् । उनले नेकपा एमालेका जित बहादुर घिमिरेलाई ४४८ मतान्तरले पराजित गरेका हुन्  । दाहालले ११६९ मत ल्याउँदा घिमिरले ७२१ मत ल्याएका छन् ।

नेकपा एमालेबाट वडाअध्यक्षमा उम्मेदवारी दिएर तिमल्सिनाले ६३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हेम बहादुर योन्जनलाई १६४ मतान्तरले पराजित गरेका हुन् । योन्जनले ४७० मत प्राप्त गरेका छन् ।