मकवानपुर – जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी ड्याम नजिक सवारी दुर्घटनामा आर्मी सिपाही घाइते भएका छन् । कुलेखानी ड्याम जाने भित्री सडक खण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको ना १ ज २४३७ नम्बरको सुमोले क्युवेक ब्याट्री श्री नं.१ राज दल गण कुलेखानी ड्यामको १ नम्बर गेटमा ठोक्किँदा दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुर्घटनामा नेपाल आर्मीका सिपाही (गनर) सरोज सापकोटा ९२४ वर्ष, जिल्ला उदयपुर चौडन्दी नगरपालिका–२ निवासी० घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ, र अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको छ। घाइते सिपाहीलाई काठमाडौंको ट्रमा सेन्टर अस्पताल पठाउन पहल भई, सोही सुमो गाडीमार्फत चालकसहित काठमाडौं पठाइएको थियो।
घाइते सिपाही सापकोटा साँझ ६ बजे ट्रमा सेन्टर काठमाडौं पुगेर उपचार गराई राति ९ः२५ बजे डिस्चार्ज भएका छन्।