प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नहरमा हामफालेका आमा र नाबालक दुई छोरा मृत भेटिए

२०७९ फाल्गुन १०, बुधबार ०६:२६ बजे

नवलपरासी – पश्चिम नवलपरासीको हरकपुरास्थित गण्डक नहरमा हामफालेका आमा र नाबालक दुई छोरा मृत भेटिएका छन् ।

सुस्ता गाउँपालिका–२ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेको प्रहरीले जनाएको छ ।

नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।