प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बोराभित्र युवकको शव फेला

२०८१ पौष ४, बिहीबार २१:३३ बजे

हेटौंडा – धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र शव फेला परेको छ।

बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्। घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए।

डीएसपी सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सांकेतिक तस्बीर