प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

२०७९ कार्तिक १५, मंगलबार ११:४४ बजे

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र समेत दिएका छन् ।

नेपालले नोभेम्बर १६ मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।