प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नाबालिका करणी अभियोगमा एक युवक पक्राउ

२०८० मंसिर ४, सोमबार ०८:१४ बजे

हेटौंडा – नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक युवक पक्राउ परेका छन् । १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारू पक्राउ परेका हुन् ।

थारूबिरुद्ध ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी उजुरी परेको थियो । ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।