प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्कारपियो जिप ट्रकमा ठोक्किँदा ४ जना घाइते

२०८० असार ७, बिहीबार ०९:२५ बजे

हेटौंडा – सर्लाहीको लालबन्दी नगरपालिका ६ कालिञ्जोर पुल नजिकै आज बिहानै स्कारपियो जिप ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन् । विग्रिएर सडक किनारमा रोकेको ना ५ ख ७५५१ नम्बरको ट्रकमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्कारपियो जिप आज बिहान ३ बजे ठोक्किँएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक तनहुँको शुक्लागण्डकी नगरपालिका २ का ४५ वर्षीय किशोर श्रेष्ठ, जिपमा सवार सोही ठाउँका ३७ वर्षीय कमल राना, ३० वर्षीय अर्जुन राना र २७ वर्षीय बरकत अलि घाइते भएका छन् । घाइते मध्ये ३ जनालाई उपचारको लागि जनकपुर पठाइएको छ भने १ जनाको लालबन्दीस्थित गढीमाई मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको ।