प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मिर्गौलाबाट विश्वको सबैभन्दा ठूलो पत्थरी निकालियो, लम्बाई ५.२६ इन्च, तौल ८०१ ग्राम !(तस्वीरसहित)

२०८० जेठ ३१, बुधबार १४:३५ बजे

श्रीलंकाको कोलम्बो आर्मी अस्पतालमा ठूलो शल्यक्रिया मार्फत विश्वको सबैभन्दा ठूलो र सबैभन्दा ठूलो मृगौलाको पत्थरी निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार उक्त पथ्थरी निकालेर गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता भएको जनाएको छ। श्रीलंकाका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मिर्गौलामा रहेको पत्थरी मिर्गौला तौलभन्दा पाँच गुणा बढी थियो।

बिहीबार सैनिक चिकित्सकले निकालेको पत्थर १३.३७ सेन्टिमिटर लामो र ८०१ ग्राम तौलको छ । सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट उक्त पत्थरी निकालिएको हो ।

कुञ्जको मिर्गौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो । औसत मिर्गौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मिर्गौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड थियो ।

मिर्गौलाको पत्थरी गत १ जुनमा निकालिएको भए पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले मान्यता दिएपछि अधिकारीहरूले आज उक्त खोजको घोषणा गरेका हुन् ।

गिनिज वल्र्ड रेकर्ड्सका अनुसार सन् २००४ मा भारतमा लम्बाईमा सबैभन्दा लामो मृगौलाबाट १३ सेन्टिमिटरको पत्थरी निकालिएको थियो । त्यस्तै सन २००८ मा पाकिस्तानमा तौलमा सबैभन्दा बढी ६२० ग्रामको पथ्थरी निकालिएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।