प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चना अड्किएर तीन वर्षे बालकको मृत्यु

२०८१ असार २०, बुधबार २०:०२ बजे

काठमाडौं – दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ का तीन वर्षीय राजेन्द्र घर्ती रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो।

विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थापाले बताए।