हेटौंडा – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ नौबिसेमा एक किराना पसलमा चोरी भएको छ । स्थानीय ४४ वर्षीय बलराम भण्डारीको किराना पसलमा चोरी भएको हो ।
प्रहरीका अनुसार पसल भित्र टिनको ट्याङ्कामा राखिएको सुनको गरगहना र नगद चोरी भएको छ । चोरले रातको समयमा घरको किराना पसलको ढोकाको भित्रको लक बाहिरबाट ढकेली खुस्काई किराना पसल भित्र प्रवेश गरी किराना पसल भित्र राखिएको टिनको ट्याङ्काको लक खुस्काई ट्याङ्का भित्र रहेको उक्त गहना र नगद चोरेको प्रहरीले जनाएको छ ।
चोरी भएको सुनको गरगहाना सिक्री, तिलहरी ९२ वटा०, रिङ ९१ जोर०, मंगलशुत्र, औठी गरी अन्दाजी ६ टोला र नगद २० हजार गरी कुल ६ लाख ५० हजार बराबरको धनमाल चोरले चोरी गरेको प्रहरीले जनाएको छ ।