प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नवजात शिशुको शव फेला

२०८० बैशाख २०, बुधबार १२:४६ बजे

हेटौंडा – नारायणी नदीको किनारामा नवजात शिशु शव फेला परेको छ ।

चितवन भरतपुर महानगरपालिका–१, नारायणी नदीको किनारामा जमेको पानीमा ३/४ दिनको जस्तो देखिने नवजात शिशु (बालक) को शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

सूचना प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली खटिएको छ । घटनाको अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।