प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको मूल्य घट्यो

२०७९ बैशाख २०, मंगलबार ०५:१३ बजे

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत छ।

मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यावसायी संघले जनाएको छ।

संघका अनुसार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।