दोलखा – हकप्रदमा शेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ ।
तामाकोसीको एक करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको आयोजनाले जनाएको छ । इच्छुक व्यक्ति तथा सङ्घसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।