हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ नुवाकोट जिल्लाले विजयी सुरुवात गरेको छ । सोमबार भएको हेटौंडास्थित क्याम्पा रंगशालामा नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
नुवाकोटलाई जित दिलाउनका लागि अजय वाइबा,सन्तोष थापा,आकाश राना मगरले एक–एक गरे । सिन्धुपाल्चोकका दीपक लामाले एक गोल फर्काए। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गोल गरेका नुवाकोट जिल्लाका सन्तोष थापा म्यानअफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फुटबलतर्फ १३ जिल्लाको सहभागिता रहेको छ ।