प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

हात्तीको आक्रमणबाट एकको मृत्यु

२०७९ असार ५, आईतबार ०२:१६ बजे

कैलाली – जङ्गलबाट निस्केका दुईवटा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेकी छन् ।

कर्णाली नदी किनार सनकट्टीघाटमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको थियो । एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।