प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८२ असार १३, शुक्रबार १९:५२ बजे

 हेटौंडा । माध्यमिक शिक्षा परीक्षा(एसइई) को नतिजा सार्वजनिक भएको छ। बेलुका बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार एसइई नतिजा सार्वजनिक गरेको छ।

अहिले बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिरहेको छ ।  एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए४८ हजार १ सय ७७ रहेको छ ।  ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।